काठमाडौं देखि करिब १० कि.मि. उत्तर पूर्वमा अवस्थित विश्व पावनी वागमती महानदीको तीरमा प्यागोडा शैलीमा निर्माण भएको श्री गोकर्णेश्वर महादेव मन्दिर अवस्थित छ । यो मन्दिर अति प्राचिनतम धार्मिक, आध्यात्मिक, पर्यटकीय एवं प्राकृतिक दृष्टिकोणबाट महत्वपूर्ण तीर्थस्थल मानिन्छ । यस मन्दिरको निर्माण लिच्छवि राजा मानदेवको समयमा भएको भन्ने यस मन्दिरको कला एवं शैलीले जनाउँदछ ।